Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • विश्वासको मत लिएपछि मात्रै सुदूरपश्चिममा मन्त्रिमण्डललाई पूर्णता दिइने

    विश्वासको मत लिएपछि मात्रै सुदूरपश्चिममा मन्त्रिमण्डललाई पूर्णता दिइने

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 855
    SHARES

    फाइल तस्विर

    कैलाली । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल शाहले विश्वास मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने बताएका छन् ।

    शुक्रबार पदभार ग्रहण गरेपछि उनले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले विश्वासको मत लिन आफूलाई ३० दिन समय नलाग्ने पनि बताए ।शुक्रबार पदभार ग्रहण गरेपछि उनले पत्रकारसँगको कुराकानीमा ३० दिन भन्दा अघि नै विश्वासको मत पाउने र त्यसपछि सरकार विस्तार गर्ने दाबी गरे ।



    ‘अबको केही दिनमै विश्वास मत लिन्छौँ र त्यसपछि मात्रै मन्त्रिमण्डललाई थप विस्तार गर्नेछौँ, हामीलाई विश्वासको मत लिन कुनै सकस हुने छैन,’ उनले भने ।



    उनले विश्वास मतका लागि माओवादी र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने पनि बताए । सुदूरपश्चिममा कांग्रेसका १९ सांसद छन् । कांग्रेससँगै रहेको नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ ।

    संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहले उपधारा ४ अनुसार ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार