Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - २० वर्षमा देशलाई समृद्धिको शिखरमा पुर्‍याउन सकिन्छ

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्रलाई जोगाउँदै अबको २० वर्षभित्र नेपाललाई समृद्धिको शिखरमा पुर्याउन सकिने बताएका छन् ।

शुक्रबार काठमाडौँमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम अधिवेशन सफलताको शुभकामना दिँदै भट्टराईले यस्तो बताएका हुन् । उनले लोकतन्त्रलाई भत्काएर वैकल्पिक राजनीति हुन नसक्ने पनि बताए ।

भट्टराईले भने,‘अबको वैकल्पिक राजनीतिको एजेन्डा भनेको लोकतन्त्रलाई जोगाएर अघि जाने हो । यसलाई भत्काएर राजा ल्याउँछु भन्ने साथीहरू पनि वैकल्पिक भनिरहनुभएको छ तर त्यस्तो होइन, त्यो भ्रममा पर्नुहुँदैन। ’

उनले यही लोकतन्त्रमा टेकेर अपूर्णताहरुलाई पूर्ण बनाउँदै विगतका राम्रा कुरा सिकेर अघि बढ्न सके वैकल्पिक राजनीतिको भविष्य रहेको पनि बताए ।

उनले पुराना पार्टीहरूलाई गालिगलोज गरेर नभई आफ्ना गतिविधिहरूलाई सुधार गर्दै जानुपर्ने बताए ।

उनले राजनीति भनेको अपजसे पेसा पनि भएको भन्दै एक पटक लडे पनि धुलो टकटक्याएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077