Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा कांग्रेसका कमल शाह मुख्यमन्त्री नियुक्त

कैलाली । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि आजै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश सभाको ठूलो दल नेताका हैसियतले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरिएका हो । विश्वासको मत नपाएपछि बिहीबार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका थिए ।

प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, सांसद छन् । नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र र राप्रपाका १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077