Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र रञ्जिता श्रेष्ठबीच बालकोटमा वार्ता

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच वार्ता भएको छ । उनीहरुबीच बुधबार राति बालकोटमा भएको छलफल निष्कर्षविहीन सकिएको हो ।

दुई चरणमा भएका छलफलमा ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत दिएर सघाउन आग्रह गरेका थिए ।

तर, नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ हुनुपर्ने पुरानै अडान दोहोर्‍याएको थियो  । नाउपाले डिल्लीबजार कारागारमा रहेका आफ्नो पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने बटमलाइन राखेको छ।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिने बिहीबार अन्तिम दिन हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077