Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

    विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 912
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

    काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले फागुन ५ र १५ गते चर्को महँगीका विरुद्ध देशव्यापी विरोध गर्ने बताएका हुन् ।



    उनले पार्टीले दलाल पूँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए ।



    पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार