Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालमा विदेशीको इसाराले सरकार ढल्छ, यो व्यवस्था फेर्नुपर्छ : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द्र 'विप्लव'ले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशको अर्थतन्त्र डाँवाडोल हुनेको कारण नै नेपालको दलाल पूँजीवादी सत्ता भएको बताए ।

विप्लवलेमध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताए। ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उनले बताए ।

शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताए । क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु बेरोजगारको ठूलो ताँती निस्केको पनि विप्लवले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077