Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा नदिन परेको रिटको पेसी न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिने निर्णय खारेजीको माग गरिएको रिट न्यायाधीश शुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ।

अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिट पाँचौ नम्बरमा पेसी तोकिएको हो। यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो।

प्रशासनको उक्त निर्णयविरुद्ध उनी इजलासमा पुगेका थिए। इजलाले दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेपछि सर्वोच्च अदालतले उक्त रिट दर्ता गर्दै बुधबार पेसी तोकेको थियो।

संघीय संसद् सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षको सुविधा दिएकाले उक्त निर्णय खारेज हुनुपर्ने रिटमा जिकिर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077