Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा नदिन परेको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिने निर्णय खारेजीको माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ ।

अधिवक्ता विमल पोखरेलले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतले दर्ता गर्दै आजका लागि पेसी तोकेको हो । मंगलबार मात्र रिट दर्ता भएको थियो ।

संघीय संसद् सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षको सुविधा दिएकाले उक्त निर्णय खारेज हुनुपर्ने रिटमा जिकिर गरिएको छ।

सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ (दर्ता अस्वीकार) गरेको थियो। दरपिठ गर्ने प्रशासनको निर्णयविरुद्ध पोखरेलले इजलासमा निवेदन दिएका थिए । न्यायाधीश सपना प्रधान मल्लको इजलासले दर्ता गर्नू भनी आदेश दिएपछि मंगलबार दर्ता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077