Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आज विशेष पत्रकार सम्मेलन गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज पत्रकार सम्मेलन गर्दैछ ।

नेकपाले समसामयिक राजनीतिक विषयमा केन्द्रित पत्रकार सम्मेलन आज दिउँसो १ बजे काठमाडौंमा गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।

हालै सम्पन्न भएको सो पार्टीको केन्द्रिय समिति बैठकका निर्णय, तत्कालिन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दि रिहाई तथा मुद्धा फिर्ता गर्ने सबालमा भएको ढिलाईलगायतका बिषयमा पत्रकार सम्मेलन गर्न लागिएको छ ।

गत शनिबार विप्लवसहित प्रवक्ता विश्वकर्मा कपिलवस्तबाट काठमाडौं आएका थिए । त्यस लगतै माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रवक्ता कृष्णबहादुर महरा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077