Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका नवनियुक्त माओवादीका मन्त्रीहरूले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेश सरकारका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गरेका छन्।

सरोजकुमार यादव नेतृत्वको सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रीका रुपमा सुनिता यादवले आज सपथ लिएकी हुन्।

यस्तै, रहबर अन्सारीले राज्यमन्त्रीको सपथ लिएका छन्। यादव र अन्सारी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन्।

मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित भएका थिए।

आफूले पाउने मन्त्रालयको संख्या विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको थिएन।

अहिले भने केन्द्रबाट नै सरकारमा सहभागी हुने निर्णय भएर मन्त्रीहरुको सपथग्रहण भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077