Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेश सरकारमा सहभागी हुँदै माओवादी, उद्योग मन्त्री बन्दै सुनिता

जनकपुरधाम। मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ।

माओवादी केन्द्र अन्ततः एक मन्त्री र एक राज्यमन्त्री लिएर मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो ।

माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ ।

उद्योग मन्त्रालयमा माओवादी केन्द्रले सुनिता यादवलाई पठाउने भएको छ । त्यस्तै उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले जिम्मेवारी पाएको स्रोतले जनाएको छ ।

मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् । माओवादी संसदीय दलका नेता भरत प्रसाद साह पुनः मन्त्री बन्ने चर्चा चलेपनि एक मन्त्रालय मात्र पाउँदा सुनिता यादव मन्त्री बन्ने तय भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077