Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि प्रक्रिया अगाडि बढाएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयका तर्फबाट सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा बढुवाका लागि सम्भाव्य उम्मेदवारलाई १९ माघको मितिले सात दिनभित्र आवश्यक कागजात बुझाउन भनिएको छ ।

सशस्त्र प्रहरीमा गत वैशाखदेखि असोजसम्म सशस्त्र प्रहरी नायव महानिरीक्षकको चार ओटा पद रिक्त रहेकोमा ती पदमा बढुवा गर्न लागिएको हो । यद्यपि, बढुवा समितिको सचिवालयको सूचनामा भने केही रिक्त पद भनिएको छ ।

अबको बढुवामा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका पहिलो ब्याचका कम्तीमा तीन जना पर्ने निश्चितप्रायः छ । नेपाल प्रहरी र नेपाली सेनालाई सम्मिलित गराएर गठन गरिएको सशस्त्र प्रहरी बलमा २६ कात्तिक २०५९ मा पहिलो पटक ९ जना सशस्त्र प्रहरी निरीक्षकको रुपमा प्रवेश गरेका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077