Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानुन, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्जन गर्न माग गरिएको छ।

रिट निवेदनमा अहिलेको हवाई यातायात सुरक्षासम्बन्धी व्यवस्थाले हवाई यातायातको क्षेत्र सुरक्षित नभएको हुँदा उक्त मापदण्ड संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता भएको जिकिर गरिएको छ।

विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरी विद्यमान कानून, नियमका साथै सुरक्षा मापदण्डको पुनरवलोकन गर्नुपर्ने र अन्तर्राष्ट्रिय नागरिक उड्यन सङ्गठन (आईकाओ) को मापदण्ड पालना भएरनभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्नसमेत रिट निवेदनमा माग गरिएको छ। साथै, हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077