Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बहालवाला कर्मचारीहरुलाई उमेरहद लागु नगर्न सर्वोच्चको आदेश

काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद लगाएर नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्नू गराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिट न्यायाधीश डा. चुडालले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई उमेर हदका कारण सहभागी हुनबाट नरोक्न आदेश दिए ।

आदेशमा “कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु निजामती सेवासम्बन्धी ऐन बमोजिम उमेदवार हुन पाउने व्यवस्था गरेकाले तत् तत् तहमा समायोजित कार्मचारीहरुको निजामती सेवासँगको सम्बन्ध निरन्तर रहेको” भन्दै बहालवाला कर्मचारीहरुलाई ३५ वर्ष उमेदहदका कारण संघीय निजामाती सेवामा सामेल हुन नरोक्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077