Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशमा मन्त्रालय भागबन्डामा लफडा,अझै हुन सकेन शपथ

जनकपुरधाम । मधेस प्रदेश सरकार दोस्रो पटक विस्तार गर्नेक्रममा सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटको विषयमा विवाद भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले भागबन्डा मिलाउन मन्त्रालय टुक्राई विवादित मन्त्रालय आफै राख्न खोजेपछि विवाद चुलिएको हो ।

शपथ ग्रहणका लागि ४ बजेकै समय दिइए पनि मन्त्रालय भागबन्डा नमिल्दा शपथ ग्रहण समारोह ५ बज्दा समेत शुरु हुन सकेको छैन।

अन्तिम समयमा गठबन्धनमा विवाद बल्झिएपछि प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको शपथग्रहण कार्यक्रममा ढिलाई भएको छ ।

मुख्यमन्त्री कार्यालयका कर्मचारीका अनुसार एमालेका राजकुमार लेखी गृह तथा सञ्चार, शत्रुधन महतो कोइरी महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, जनमतलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा वातावरण मन्त्रालय जसपाले लिने जनाइएको छ ।

सरकारमा मन्त्री पठाउने विषयमा समेत असन्तुष्टि बढेको छ ।लामो रस्साकस्सी पछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डललाइ पूर्णता दिने तयारी गरेका छ्न्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077