काठमाडौं । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।
लामिछाने बिहीबार देखि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
नेपालले दुई सातापछि आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज आउँदो फागुन २ गतेदेखि सुरु हुनेछ । सोही सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा भईसकेको छ ।
सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन: खेल्नेछ ।
सम्भवतः उनी भोलिबाट प्रशिक्षणमा सहभागी हुनेछन् । आज भने बन्द प्रशिक्षण थिएन । सन्दीप केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए ।
सन्दीप टोलीमा फर्किएसँग बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ ।