Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न मागसहित सर्वोच्च अदालतमा बिहीबार निवेदन दर्ता भएको छ ।

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको हो ।

नेपाल सरकारको तर्फबाट नायब महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने उल्लेख छ ।

लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रू २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077