Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिको निर्वाचन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन घोषणा गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

संविधान विपरीत निर्वाचनको मिति तय भएको भन्दै अन्तरिम आदेशमार्फत् रोक्नुपर्ने मागसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका हुन् ।

सर्वोच्चले उक्त रिटमा अध्ययन गरिरहेको छ । दर्ता गर्ने कि दरपिठ गर्ने भन्नेबारे बिहीबार मात्र निर्णय गर्ने तयारी सर्वोच्च प्रशासनको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते तोकेको छ । आयोगले निर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077