Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राष्ट्रपति एमालेले पायो भने कसैले छुन सक्दैन्, माओवादीले बुझ्या छकि छैन : माधव नेपाल

    राष्ट्रपति एमालेले पायो भने कसैले छुन सक्दैन्, माओवादीले बुझ्या छकि छैन : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 666
    SHARES

    फाइल तस्विर

    सप्तरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार आएपछि अहिले तमासाहरु भइरहेको टिप्पणी गरेका छन् ।

    सप्तरीको राजविराजमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।



    ‘तमासाहरु भइरहेको छ, अझै कतिवटा तमासा आगामी दिनमा हुने हो त्यो हेर्न बाँकी नै छ,’ उनले भने । गोलचक्करबाट देश कसरी निस्कने त्यो चिन्ताको विषय भएको बताए । उनले नेतृत्व सत्ता कब्जाको सोचले ग्रसित रहेको समेत दाबी गरे ।



    ‘सत्ता कब्जाको दाउ चलिरहेको छ,’ नेपालले भने, ‘सत्ता कब्जा गर्ने दाउ चलिरहेको छ, सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने सोचबाट नेतृत्व ग्रसित छ ।’

    एमालेले राष्ट्रपति पाए उसलाई कसैले छुन नसक्ने उनको आरोप छ । ‘राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन्, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् ?’ नेपालले भने, ‘एमालेमा असहिष्णु र संकीर्ण सोच छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार