Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न तीनबुँदे माग राख्दै सुकुम्बासी मोर्चाद्वारा प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका सुकुम्बासीहरूले माइतीघरदेखी नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

‘आफ्नो लागि आफैं अघि बढौं अलमलमा नपरौं, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौं’ भन्दै सुकुम्बासीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

विहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी हटाउने पहलका लागि भेटेपछि सुकुम्बासी प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका सुकुम्बासीहरुले दीर्घकालीन रूपमा उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले भूमि अभियान्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प बिना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपूर्जा दिनुपर्ने माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077