Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका भौतिक पूर्वाधार विकास मन्त्री यादवले गरे पदभार ग्रहण

जनकपुरधाम । मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार उनले पदभार ग्रहण गरेका हुन् । उनले पहिलो कामको रुपमा यातायात कार्यालयमा टोकन प्रणाली सुरु गर्ने फाइलमा हस्ताक्षर गरेका छन् ।

यसअघि विना विभागिय मन्त्रीको शपथ लिएका कुशवाहालाई सत्ता साझेदार दलबीच सामाजिक विकास मन्त्रालय दिने सहमति भएको थियो ।

तर, बिहीबार प्रदेश प्रमुख कार्यालयले कुशवाहालाई कृषि मन्त्रालय तोकेपछि जनमत पार्टीका सांसदहरुले असन्तुष्टि जनाएका थिए ।

असन्तुष्टिकाबीच कुशवाहाले कृषि मन्त्रालय स्वीकार्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077