Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फरार सांसद कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम । महोत्तरी क्षेत्र नं‍ १ बाट निर्वाचित लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन गरिएको छ।

नेकपा एमालेबाट निर्वाचित कोइरीलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै आलोचना भइरहेको समय मधेस प्रदेशको राजधानी जनकपुरधाममा उनको पक्षमा प्रदर्शन भएको हो ।

मधेस आन्दोलनका अगुवा दिनेश पूर्वेको नेतृत्वमा जनकपुरधामको भानुचोकदेखि निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।

उनीहरुले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077