Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी हुन् ।

उनले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छौं । सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’

यद्यपि छलफलका क्रममा आफूहरुको माग मुद्दाप्रति प्रधानमन्त्री सकारात्मक पाएको उनले बताइन् । नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए ।

उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर नागरिक उन्मुक्तिको समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077