Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

काठमाडौं । आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्की कीर्तिपुर अस्पताल पुगेकी छिन् ।

राजधानीको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि उनले आत्मदाहको प्रयास गरेका थिए ।

उनलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. कार्की अस्पताल पुगेकी हुन् । राज्यमन्री कार्कीले उपचारमा कुनै कसुर नराख्न अस्पताललाई निर्देशन दिएकी छिन् ।

उनले भने, ‘‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’’

अस्पतालका चिकित्सक डा. सुरेन्द्र जङ्ग बस्नेतले उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले उहाँको अवस्था चिन्ताजनक रहेको बताए । आचार्यलाई त्यहाँको बर्न अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077