Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२२औं सशस्त्र प्रहरी दिवस हल्चोकमा मनाइयो

काठमाडौं । सोमबार २२औं सशस्त्र प्रहरी दिवस मनाइएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा विशेष कार्यक्रमको आयोजना गर्दै दिवस मनाइएको हो ।

महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा विशेष समारोहबीच सशस्त्रले दिवस मनाएको हो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी स्मारकमा माल्यार्पण गरे ।

यसका साथै महानिरीक्षक अर्यालले संगठनका संस्थापक स्व. कृष्णमोहन श्रेष्ठलगायत दिवंगत भएका सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलमा घाइते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

उक्त समारोहमा संगठनकी ईष्टदेवी बगलामुखी मन्दिरबाट आगो ल्याएर सशस्त्र प्रहरीको स्मृती वाटिकामा अखण्ड ज्योतीको रुपमा बलिरहने व्यवस्था समेत मिलाइएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले संगठनलाई निरन्तर समन्वय र सहकार्यकासाथ राष्ट्रसेवाको अबिरल यात्रामा अनुकरणीय एवं सहयोगी भूमिका निर्वाह गर्नेप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

दिवस मनाउन आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले सकल दर्जाका राष्ट्रसेवकहरुले राज्यप्रदत्त कार्यादेश पुरा गर्न पुर्‍याएको अथक प्रयासको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077