Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीले चासो नदेखाउँदा साहद्वयको हत्या भएको भन्दै सडक अवरुद्ध गरेर प्रदर्शन

जनकपुरधाम । अपहरणपछि हत्या भएको जनकपुरधामका विष्णु र रोहित साहको परिवारजनले जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै पदर्शन गरिहेका छन् ।

प्रहरीकै लापरवाहीले साहद्वयको ज्यान गएको भन्दै उनीहरूले प्रहरीलाई कारबाहीको माग गर्दै प्रर्दशन गरिरहेका छन् ।

जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्वर १३ का २३ वर्षीय विष्णु साहको भारतको विहार राज्यमा पर्ने सितामढी जिल्लामा हत्या भएको अवस्थामा आइतबार बिहान शव भेटिएको थियो ।

अपहरणकारीहरुले विष्णु साहका बुबा रामबाबु साहलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको थियो ।

तर उनीहरुले न फिरौतीको रकम लिए न त दुवै जनालाई मुक्त नै गरे । घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापा मारेका थिए ।

यसै क्रममा शव गाडिएको स्थान फेला परेको थियो ।

अपहरणकारीले हत्या गरेपछि धनुषा प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेपछि पीडित परिवार र स्थानीय आन्दोलन थालेका हुन् ।

आन्दोलनकारीले रोहित र विष्णुलाई न्याय दे, प्रहरी प्रशासन मुर्दावाद, गृहमन्त्री राजीनामा देऊलगायतका नारा लगाएका छन् । धनुषाका एसपी विश्वराज खड्कालाई पनि कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

फिरौती मागेलगत्तै प्रहरीलाई खबर गरेको र प्रहरीले उद्धारमा चासो नदेखाउँदा अपहरणकारीले दुईजननाको हत्या गरेको पीडित परिवारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077