Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किरातीको प्रश्न - दुनियाँभरका कम्पनी नाफामा हुँदा निमग किन घाटामा ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले राज्यको गौरबपूर्ण संस्था डुबेको टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

सोमबार निगमले गरेको स्वागत कार्यक्रममा पुगेका मन्त्री किराँतीले निगमलाई बचाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘म सेतो लुगा लगाएको मान्छे हुँ, मलाई कालो हातले छुने प्रयास नगर्नुहोला । म सेतै बनेर फर्किने हो ।’

मन्त्री किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।

उनले भने, ‘जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।’

मन्त्री किरातीले आफूले आकाश झार्न नभनेको भन्दै दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निमग किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे ।

उनले भने, ‘एक–एक सेकेन्डलाई किन यति बदनाम गरेको ? ठ्याक्कै तोकिएको समयमा विमान उडोस् । मैले भनेजति गर्न नसक्ने भए राजीनामा दिए हुन्छ ।’

मन्त्री किरातीले आफ्नोमा धाएर जुत्ता फटाउने प्रयास नगर्न बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077