Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछाने विरूद्धकाे मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं ।नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्धामा आज पेसी तोकिएको छ ।

सोमबार मुद्धाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको हो । सन्दीपको मुद्धा छैटौँ स्थानमा रहेको छ ।

उनको भन्दाअघि पाँच वटा मुद्धा भएकाले सन्दीपको मुद्धा आज सुनुवाइ हुने सम्भावना भने कम छ ।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछानेले त्यसविरुद्ध उच्च अदालतमा अपिल गर्दै थुना बाहिरै बसेर पुर्पक्ष गर्न माग गरेका थिए ।

लामिछाने गत असोज २० गते जबरजस्ती करणी अभियोगमा पक्राउ परेका थिए । उच्च अदालतको आदेशमा सन्दीप २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077