काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख रुपैयाँ जम्मा भएको छ ।
मन्त्री किरातीले आफूले मन्त्रीको पदभार ग्रहणकै दिन खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै मन्त्रालयमा सहयोग पेटिका राखेका थिए ।
सो घोषणा अनुसार मन्त्रालयमा राखिएको सहयोग पेटीकामा हालसम्म ३ लाख रुपैयाँ संकलन भएको मन्त्री किरातीले बताए ।
मन्त्री किरातीले माला र बुकेको साटो सहयोग रकम संकलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणा गरेका थिए ।
उनले भने, ‘खादा माला नलगाउने र त्यस बरारबरको नगद संकलन गरी दुर्गम क्षेत्रको शिक्षा क्षेत्रलाई सहयोग गर्ने घोषणा गरेको थिएँ । त्यसअनुरुप आजसम्म ३ लाख रकम संकलन भइसकेको छ ।
एक जना मन्त्रीले खादा माला नलगाउँदा मात्रै यसरी रकम संकलन हुन्छ भने खादा र मालाको नाममा मन्त्री तथा देशभरका हजारौं जनप्रतिनिधिहरुले कति अर्बको खादा माला लगाइदोरहेछ त ?’
मन्त्री किरातीले आफूले सम्हालेको मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको सापेक्षताअनुसार मन्त्रालयलाई संचालन गर्न सुझाव समेत मागेका थिए ।
Leave a Reply