Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा.सन्दुक रूइतबीच भेटवार्ता भएको छ ।

शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर डा. रूइतले प्रधानमन्त्री प्रचण्डसँग भेटका गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले तिलगंगा आँखा केन्द्रलाई मानिक (मानित) विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ।” प्रधानमन्त्री प्रचण्डले भने, “यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।” भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो सम्मानले नेपालको शीर उँचो राखेको बताए ।

“यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ” उनले भने, “मानवीय सेवाका लागि तपाईको योगदानको कदर देशकै कदर हो।”

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे ।

भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077