Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च अदालतमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइन मार्फत् मुद्दा दर्ता गर्नसकिने गरी तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत् मुद्दा दर्ता गर्नसकिने व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।

यसका लागि अध्ययन भएको र कार्यान्वयनको तयारीमा रहेको उनले जानकारी दिए । त्यस्तै अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायत प्रविधिहरुको प्रयोग गर्ने प्रयास गरिरहेको पनि उनले बताए ।

कार्कीका अनुसार पेसी अटोमेसनका लागि सफ्टवेयर लगायत पूर्वाधार पनि तयार भइरहेको छ। साथै अदालतहरुमा रहेका ३६ लाख मुद्दाका अभिलेख मिसिलहरुलाई डिजिटाइजेसन गर्न सुरु गरिएको कार्कीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077