Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किराँती र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

भारतीय राजदूत श्रीवास्तवले मन्त्रालयमै पुगेर शुक्रबार पर्यटनमन्त्री किराँतीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा किरातीले सिमरास्थित भारतसँग जोडिएको नेपालको एक मात्र हवाई मार्गमा अत्यधिक चाप बढेकाले नयाँ रुट खोलिदिन पनि आग्रह गरेका छन्।

'थप हवाई प्रवेश मार्गका लागि राजदूत श्रीवास्तवसँग कुरा भएको छ', उनले भनेका छन्, 'राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैँ सकारात्मक हुने बताउनुभएको छ।'

नेपालमा अहिले सिमरा बिन्दुबाट मात्र जहाज प्रवेश गर्न सक्छन् ।

नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश गर्न सक्ने गरी रुट मागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077