Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदलाई अझ मर्यादित बनाउन भूमिका खेल्छु : सभामुख घिमिरे

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताएका छन् ।

सभामुखको पदभार ग्रहण गर्दै घिमिरेले संसद्लाई प्रभावकारी ढंगबाट अघि बढाउने बताएका हुन्।

घिमिरेले भने, ‘नेपाली जनताको प्रतिनिधि संस्था संघीय संसद् सर्वोच्च विधायिकी संस्था हो। यो संस्थाको प्रयोग नयाँ संविधान आएपछि एक पटक हेरिसक्यौं। अब त्यसलाई अझ व्यवस्थित, क्रियाशिल र मर्यादित बनाउने जिम्मेवारी पाएको छु।’

बिहीबार प्रतिनिधि सभाको सभामुख चयन भएका घिमिरेले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए।

झापा २ बाट नर्वाचित घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका हुन् । एमालेका नेता घिमिरेलाई सत्तारुढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077