Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनिर्वाचित सभामुख घिमिरेले लिए शपथ

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिनिधिसभामा बिहीवार सभामुख चुनिएका घिमिरेले शीतल निवासमा शुक्रवार विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बिहीवार मत विभाजन हुँदा घिमिरेले १६७ मत पाएका थिए । उनको विपक्षमा १०० र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको थियो ।

सभामुखको शपथअघि घिमिरेले एमालेसँगको दलीय आबद्धता त्यागेका थिए । सभामुख भएपछि सम्बन्धित दलबाट राजीनामा दिने प्रचलन छ ।

घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077