Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति भएपछि राष्ट्र बैंकले हटायो नगद मार्जिन

काठमाडौं । राष्ट्र बैंकले एक वर्षपछि आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । कम्तीमा १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति भएपछि राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था हटाएको हो ।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको आयातलाई आधार मान्दा बै‌किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ।

मुलुकको विदेशी मुद्राको सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले गत वर्ष माघ २६ गतेबाट ४५ भन्सार कोडका करिब २७ सय वस्तुको आयात गर्दा ५० देखि ७० प्रतिशत बराबरको रकम व्यवसायी आफैले हाल्नुपर्ने व्यवस्था गरेको थियो ।

स्वतन्त्र व्यापार नीतिमा यसले असर गर्ने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले धेरै अघिदेखि यसको विरोध गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077