Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउँछ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताएका छन् ।

ओलीले सत्ता साझेदार दलहरुबीच भएको सहमति बमोजिम एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने बताएका हुन्।

ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

उनले एमालेको उम्मेदवारलाई नै राष्ट्रिय सहमति बनाउनुपर्ने बताए।

उनले संसद्‌मा कांग्रेसले उच्चस्तरीय संयन्त्र बनाएको विषयमा विरोध गरेको भन्दै त्यस्तो अभ्यास पनि कांग्रेसले नै सुरू गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077