Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीके राउतको प्रश्न- मधेशी र थारुलाई भित्तामा पुर्याएर कस्तो राष्ट्रिय सहमति खोज्नुभएको ?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

सभामुख चयनका लागि बिहीबार जारी प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन् ।

राउतले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे । मधेसवादी दलहरुलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै उनले प्रश्न गरे ।

उनले अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे ।

'मधेशीलाई साइड लगाएर हुने राष्ट्रिय सहमति कस्तो हुन्छ?', उनले भने, 'हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु वर्गीय संकिर्णताबाट माथि उठ्ने कि नउठ्ने?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077