Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको आपत्तिपछि पोखरा विमान दुर्घटनाबारे पर्यटनमन्त्रीको जवाफ

काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे बिहीबार बसेको संसद बैठकको कार्यसूचीमा नराखेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेसका प्रमुख सचेतक रशेम लेखकले आपत्ति जनाएपछि संसदको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले यसबारे जवाफ दिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई रुलिङ गरे।

समाध्यक्षको रुलिङपछि किरातीले गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना, त्यसपछिको उद्धार र घटनाक्रमबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।

'गत माघ १ गतेका दिन यती एयरलाइन्सको ९ एनएनसी कलसाइनको विमान काठमाडौंबाट पोखरा जाँदा बिहान १० बजेर ५० मिनेटमा सेती नदीको खोँचमा दुर्घटना भएको छ', उनले भने, 'दुर्घटनापछि चालक दलका सदस्यसहित ७१ जनाको शव संकलन भएको छ। एकजना बालकको खोजी भइरहेको छ। यति ठूलो क्षतिप्रति देशकै ध्यानाकर्षण भएको छ। शोक शक्तिमा बदल्न आग्रह गर्छु।'

उनले आफूले पदबहाली गरेको दिनदेखि नै नेपाल नागरिक उड्ययन प्राधिकरणसँग छलफल अघि बढाएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077