Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ राजदूत सोङ र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

उनीहरुबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको हो । भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

गत महिना मात्र नेपाल आएका उनले सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्दै आएका छन् ।

यसअघि सोङले आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077