Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीका सभामुख र उपसभामुखले लिए सपथ

रूपन्देही । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाण केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

मंगलबार प्रदेश सभा बैठकबाट निर्विरोध निर्वाचित भएका घर्ती र खाणले बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुधबार शपथ ग्रहण गरेका हुन्।

सभामुख घर्तीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिएका थिए। उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ग्रहण गराएका थिए।

शपथ समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुखसचिव सहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077