Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

उनलाई सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी लगायतले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको छ ।

यस्तै, अर्को प्रतिपक्षी दल नेपाली कांग्रेस भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेमा अझै प्रस्ट भइसकेको छैन । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ ।

उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र दलीय आधारमा उक्त प्रस्तावमाथि छलफलपछि मत विभाजन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077