Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स‍र्वदलीय बैठकमा कांग्रेस र एमालेबीच घोचपेच, ओलीले भने – राष्ट्रपतिमा आश नगर्नू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई राष्ट्रपतिको आश नगर्न भनेका छन् ।

मंगलबारको बालुवाटारको सर्वदलीय बैठकमा ओलीले कांग्रेस नेताहरूलाई राष्ट्रपतिको आश नगर्न भनेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको स‍र्वदलीय बैठकमा नेपाली कांग्रेस र एमालेबीच घोचपेच भएको थियो । “विश्वासको मत दिने अनि प्रतिपक्षको हैसियत खोज्ने,” ओलीको भनाई थियो, “राष्ट्रपतिमा आश पनि नगर्नू ।”

एमाले अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिइसकेपछि कांग्रेसले आफूलाई प्रतिपक्ष भन्न नपाउने बताएका थिए ।

जवाफमा कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिमा बुझाएको हस्ताक्षरमा आफूहरु नरहेको हुँदा प्रमुख प्रतिपक्षको हैसियतमा आफूहरु रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077