Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पदभार ग्रहण गर्दै स्वास्थ्य राज्यमन्त्री कार्कीले भनिन् - पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् ।

उनले संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने पनि बताएकी छन् । राज्यमन्त्री कार्कीले आइतबार दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छन् ।

जस अनुसार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय छन् ।

आँखाको उपचारलाई समुदायस्तरसम्म विस्तार गर्दै आँखा स्वास्थ्य सेवामा कोही पनि नछुटुन भन्ने उदेश्य यो रणनीतिको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077