Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यही व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएको जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ७२ जना सांसदको समर्थन छ । मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् ।

यसैगरी, प्रदेश सभाको सभामुखको निर्वाचन पनि आजै हुँदैछ । सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जंगीलाल रायको उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077