Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस वरिष्ठ नेता पौडेलबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।  पौडेलको निजी सचिवालयका अनुसार २ नेताका बीचमा झन्डै १ घण्टा कुराकानी भएको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल भएको निजी सचिवालयको भनाइ छ ।

दुई नेताबीच आगामी सभामुखको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कुराकानी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077