Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोनाल्ड ट्रम्पको कम्पनीलाई १६ लाख डलर जरिवाना

एजेन्सी । डोनाल्ड ट्रम्पको घर जग्गा कम्पनीलाई कर अपराधको लागि १६ लाख डलर जरिवाना गरिएको छ ।

डिसेम्बरमा न्यायाधीशहरूले ट्रम्प संगठनलाई धोखाधडी र व्यापारको रेकर्डमा छलछाम गरेकोमा दोषी करार गरेका थिए ।

कम्पनी पूर्व राष्ट्रपतिसँगको सम्बन्धका लागि प्रसिद्ध छ तर उनी र उनको परिवार मुद्दाको हिस्सा भने थिएनन् ।

ट्रम्प अर्गनाइजेसनका दुई सहायक कम्पनीहरू - ट्रम्प कर्प र ट्रम्प पेरोल कर्पोरेशन - आफ्ना शीर्ष अधिकारीहरूलाई लक्जरी कार र निजी विद्यालय शुल्कजस्ता अघोषित लाभहरू १५ वर्षसम्म प्रदान गरेकोमा दोषी पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077