Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेलाई पुर्‍याइयो अदालत, केही बेरमा रिहा हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रिहाइ प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । उनलाई केन्द्रीय कारागारबाट जिल्ला अदालत लगिएको हो ।

यसअघि उच्च अदालत पाटनले बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं आइपुगेको थियो ।

सन्दीपका दाजु मोहन लामिछानेले धरौटी बुझाइसकेको र त्यसको पत्र कारागार पुगिसकेको छ । त्यसपछि उनलाई अदालतमा हाजिर गराइएको हो । अदालतमा मूल मुद्दाको तारिख बुझेपछि सन्दीप रिहा हुने उनका कानुन व्यवसायीले बताएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतको सन्दीपको रिहाइको लागि औपचारिक पत्र पठाउनेछ ।

त्यसपछि स्वास्थ्य परीक्षण गरेर रिहाइ हुने बताइएको छ । एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा सन्दीप असोज २० मा पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत काठमाडौंले ८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077