Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशका मुख्यमन्त्रीसहित थप तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित अन्य तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री यादवसहित एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमतका बसन्त कुशवाहाले शपथ लिएका हुन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले उनीहरूलाई शपथ खुवाएका हुन् ।

उनीहरूको मन्त्रालय टुंगो लागेको छैन । नेकपा (माओवादी केन्द्र)ले भने भागवण्डामा असन्तुष्टि जनाउँदै शपथ लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077