Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको धरौटी तिर्ने प्रक्रिया सुरू, साढे २ सम्म छुट्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रिया कारागारले थालेको छ ।

पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रिया सुन्धारा कारागारले गरेको हो ।

कारागारका अनुसार अदालतको बाहेक थुनामुक्त गर्दा आवश्यक पर्ने कागजात तयारी अवस्थामा राखेको छ ।

अदालतले तोकेबमोजिमको २० लाख धरौटी तिरेको पत्र र आदेश कारागारले बुझ्नासाथ उनी थुनामुक्त हुनेछन् ।

उच्च अदालतमा धरौटी बुझाएर अदातलबाट तारिख लिएर आएपछि उनी रिहा हुनेछन् ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई यसअघि जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश बदर गर्दै बिहीबार २० लाख धरौटीमा छोड्ने आदेश गरेको थियो । अदालतको आदेश दिएबमोजिम लामिछानेलाई साढे २ बजेसम्म छोडने तयारी भैरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077