Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपका गतिविधिमाथि प्रहरीको उच्च निगरानी, उपत्यका छाड्न पनि अनुमति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

काठमाडौं उपत्यकाबाहिर खेल्न जानुपरे वा उपत्यका छाड्नुपरे प्रहरीलाई सूचना दिएर जान पाउने अदालतले आदेश गरेको छ ।

त्यसैगरी जाहेरवाला वा पीडित परिवारसँग कुनै पनि किसिमको अन्तर्क्रिया भेटघाट गर्न रोक लगाउनुका साथै कुनै पनि किसिमको दबाब, प्रभाव र प्रलोभनमा नपार्न पनि आदेशमा भनेको छ।

सामाजिक सञ्जालमा पनि कुनै पनि किसिमको लामिछानलाई टीकाटिप्पणी गर्न रोक लगाइएको छ। यस्तै प्रहरीले उनको गतिविधिलाई निगरानी गर्न सक्ने, विद्युतीय निगरानीसमेत गर्न सक्ने आदेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077